Input your search keywords and press Enter.

उमेरले ६७ बर्ष पुगेपनि म संग जाँगरको कमी छैन

नाम : गोपालसिह केसी
ठेगाना : मुुसिकोट नगरपालिका ३, माछिमि
रुकुम पश्चिम

धेरै राम्रो प्रश्न सोध्नु भयो म संग भएको ज्ञान सिप र जाँगरलाई नेपाल सरकारको सेवा अवधिको सिमाले हटाउन सकेको छैन । र मेरो ज्ञान र सिप तथा जाँगरको सदुपयोग गरेर थोरै परिश्रमिकमा पनि सेवा दिइरहेको. छु । जसबाट म आफुलाई सधै सक्षम बनाई राख्न चाहान्छु ।

तपाइै सरकारी शिक्षक हँुदा र हाल बोर्डिङको शिक्षक हुँदा के कस्ता अनुभव संगाल्नु भएको छ ?
मैले विभिन्न सरकारी विद्यालयमा काम गरेर आफ्नो सहकर्मी साथीहरुलाई कर्तब्य बाट कहिले पनि पछुतो हुन दिइन । त्यसकारण मलाई विद्यालयको सञ्चालक समिति, विद्यार्थी, शिक्षक र साथीहरुबाट राम्रो सहयोग पाई कुशल प्रशासकको रुपमा सेवा बाट अवकास पाए । लगतै १ दिन पनि विश्रम नगरी निजि शिक्षकको रुपमा नीजि बोडिंग तिर लागे र हाल पनि कार्यरत छु । मेरो ३५ वर्षिय सरकारी शिक्षकमा काम गर्दा संगालेको अनुभव भन्दा बोर्डिङको अध्यापन कार्यमा बढी जागर लगाउनु पर्ने देखियो र बोर्डिङमा आफ्नो कर्तव्य अन्यन्त जिम्मेवारी पूर्वक निभाउनु पर्ने अनुभव गरेको छु । हुनत सरकारी शिक्षक हुँदा पनि मैले मेहनत नगरेको भन्ने अर्थ भने होईन ।

नीजि शिक्षण संस्थाहरुको पढाई र सरकारी विद्यालयहरुको पढाईमा कस्तो भिन्नता पाउनुभएको छ ?
बडो राम्रो प्रश्न सोध्नुभो,सरकारी विद्यालयहरुमा प्रशासन केहि फितलो नै पाईन्छ । निशुल्क शिक्षा भएका कारण नै होला बिद्यार्थी र शिक्षण खासै सक्रिय भएको देखिदैन । तर त्यसको ठिक विपरित निजि बोडिङहरुमा शिक्षकहरुले अन्यन्त जिम्मेवारी पुर्बक भूमिका निर्वाह गरेको देखियो । विद्यार्थीहरुलाई आर्थिक बोझ बढी भएपनि विद्यार्थीहरुलाई सक्रिय बनाएको देखियो शिक्षक विद्यार्थी प्रशासन अभिभाक सबेै अत्यन्त सक्रिय देखिन्छन् । तर सरकारी विद्यालयहरुमा बढि मात्रामा सक्रिएता देखन पाएको छ ।

उमेरले ६७ बर्ष पुग्नु भयो छ, तर के साँचै जाँँँँँँगरमा कमि छैन त ?
मैले अघि नै भनि सके जाँगर र सिपको म सँग कमी छैन । म ट्यूसन विद्यालयका पिरियडहरु वाहेक घरमा मकाउ, हङकङ, अमेरिका र बेलायत जानेहरुलाई पनि ५ देखि १० हजार लिएर कोठामा पनि पढाउने गरेको छु । यसबाट आफै बुझ्नुहोस कि कति जाँगर म सँग रहेछ ।

हाल नेपालको शिक्षा पद्धतीे र पहिले शिक्षा पद्धतिमा के भिन्नता पाउनु हुन्छ ?
मेरो विचारमा नेपालको हालको शिक्षा प्रणाली पुरानो शिक्षा प्रणालीमा फरक त अवश्य छ । हिजोको शिक्षा प्रणाली पूर्ण सेैदान्तिक तथा रटिरटाऊ भएता पनि त्यस बाट राम्रो जनशक्ती निस्केको देखियो । तुलनात्मक रुपमा अहिले विद्यार्थीको संख्या धेरै भएको र गुणात्मक शिक्षाको अभाब देखिनुको साथै कम्प्युटर जस्ता विषयको पढाई विद्यालयमा नभएर पनि प्रयोगात्मक अब धेरै दिने ए ग्रेड सम्म ल्याउने तर सहरका ११ कक्षामा ईन्ट्रान्स परिक्षामा ए ग्रेडमा पनि असफल भएको देखिन्छ ।

अबको शिक्षा क्षेत्रमा सुधार ल्याउन के गर्नु पर्ला जस्तो लाग्छ ?
यो पनि प्रश्न अत्यन्त सान्दभिक छ । शिक्षा सैदान्तिक मात्र भएर प्रयोगात्मक हुनुपर्छ । विद्यालय स्तरमा नाताबाद कृतबाद हटाउनु पर्छ । विद्यालय निरीक्षकहरु आफनो कार्यप्रति बफादार हुनुपर्छ । शिक्षकहरुलाई सक्रिय बनाउन गाँउपालिका वा नगरपालिकाले गोप्य निरीक्षकहरुको व्यवस्था गर्नु पर्दछ ।

तपाईको बिचारमा अझै कतिबर्ष सेवा गर्छु जस्तो लाग्छ ?
स्वास्थ्ले भ्याएसम्म म अझै केहि बर्ष आफनो ज्ञान र सिप बाँढ्नेमा तत्पर छु ।
अन्त्यमा केहि ? धेरै कुराहरु आईसकेका छन । देशले सघियातामा प्रवेश गरी सकेपछि शिक्षा क्षेत्रमा गापा र नपाको भूमिकाले शिक्षालाई कता तिर लैजाने हो त्यो हेर्न बाँकि नै छ, हामी सबैको सकारात्मक सहयोग भएमा त्यो पनि सफल हुनेछ भन्ने बिश्वास गरौं । त्यसका साथै आहा सञ्चार पत्रिका मार्फत केहि कुरा राख्न दिएकोमा धन्यवाद दिन चाहन्छु । प्रस्तुति : सुवास बटाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *