कमजोरी महसूस हुनु तथा चक्कर लाग्नु  ‘लो ब्लड प्रेसर’को लक्षण हो । यसले दिमागमा समेत असर गर्छ । ब्लड प्रसर कम भएकाहरुले खानामा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । जान्‍नुहोस् थप केही घरेलु उपाय, जसले ‘लो ब्लड प्रेसर’ निराकरण गर्न भूमिका खेल्छन् । नुनको मात्रा बढाउनुस् खानामा प्राय नुनको मात्रा कम नै हुन्छ ।

election adv.

तर यदी तपाईको ब्लड प्रेसर कम छ भने खानामा नुन केही बढाउनुस् । चुकन्दरको जुस पिउनुस् लो ब्लड प्रेशरलाई कन्ट्रोलमा राख्‍नका लागि चुकन्दरको जुस महत्वपूर्ण माध्यम हो । हरेक दिन बिहान तथा राती एक-एक कप चुकन्दरको जुस पिउनुस् । यसबाहेक एक कप कडा कफी पनि लिदाँ राम्रो हुन्छ । पर्याप्त मात्रामा पानी पिउनुस् डिहाइटडेशन अर्थात शरिरमा पानीको कमी पनि थुप्रै रोगको कारण हो । शरिरका सबै अंगहरुलाई सक्रिय राख्न पानी जरुरी हुन्छ । त्यसैले पानीको मात्रा सधैँ ठीक राख्नुहोस् , जसका कारण बेचैनी महसुस हुदैँन । हरेक दिन अभ्यास गर्नुहोस् कुनै पनि प्रकारको हल्का फुल्का अभ्यासलाई आफ्नो नियमित रुटिनमा समावेश गर्नुहोस् । तपाई हरेक बिहान आधा घण्टा हिँड्न पनि सक्नुहुन्छ या अन्य अभ्यास पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरमा रगतको सञ्चार राम्रोसँग  हुन्छ । : http://thahakhabar.com/news/29914

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto