Input your search keywords and press Enter.

रुकुम पोखरा सिधा बससेवा सञ्चालन

आहा संबाददाता
रुकुम ः रुकुमबाट पोखराका लागि सिधा बस सेवा सञ्चालन गरिएको छ । रुकुम पश्चिमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वी राममार्ग बस सञ्चालक समितिबीच रुकुम पोखरा यातायात सञ्चालन गर्ने सम्झौता यातायात सञ्चालन गरिएको हो ।
पर्यटकीय नगरी पोखरासँग रुकुमलाई जोडेर रुकुमको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम–पोखरा यातायात सेवा सञ्चालन गरेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले जानकारी दिए । उनका अनुसार अबदेखि रुकुम पश्चिमदेखि पोखरासम्मका लागि प्रत्येक दिन बस सेवा सञ्चालन हुनेछ भने १ हजार ३ सय ५० भाडादर कायम गरिएको छ ।
रुकुम–पोखरा सिधा डिलक्स बस सेवा सञ्चालन भएपछि यात्रुहरु खुसि भएका छन । यसअघि पोखरा जान रुकुमबाट दाङ, नेपालगञ्ज, बुटवल तथा काठमाडौं हुदै गाडि परिवर्तन गरेर जान सकिने भएपनि अब एउटै गाडिबाट सिधा पोखरा जान सकिने भएको हो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares